बेलबारीमा ३ दर्जन कोरोना संक्रमित


विहिबार पनि बेलबारीका १ व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै बेलबारीमा कोरोना संक्रमित हुने संख्या ३ दर्जन पुगेको छ । बिराटनगरमा बस्दै आएका बेलबारी ८ का एक पुरुषमा विहिबार संक्रमण पुष्टि भएको बेलबारी नगरपालिका स्वास्थ्य शाखाका विश्वकर्माले बताउनुभएको छ । ज्वरो आएपछि कोशि अस्पतालको ल्यावमा परिक्षण गराएका ति व्यक्तिमा संक्रमण पुष्टि भएको नगरपालिकाको कार्यालयले जनाएको छ
एक जना थपिए सगै बेलबारीमा सक्रमितको सख्या ३६ पुगेको हो । जसमध्ये २७ जना निको भएका छन् । २ जनाको मृत्यु भएको छ ।