बेलबारी ४ का १३ महिने बालक कोरोना मुक्त


कोरोना संक्रमण देखिएका बेलबारी ४ का १३ महिने वालक कोरोनामुक्त भएका छन् ।उनी बेलबारीमा कोरोना संक्रमण हुने सबैभन्दा कम उमेरका व्यक्ति हुन् । ति बालकमा गत भदौ २२ गते कोरोना संक्रमण पुष्टि भएको थियो । पुनः परिक्षण गर्ने क्रममा भदौ ३० गते स्वाब संकलन गरेर धरान स्थित विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको ल्यावमा पठाइएको थियो । विहिबार आएको रपोर्ट अनुसार उनी कोरोना मुक्त भएको स्वास्थ्य शाखाले जानकारी दिएको छ ।