सुन्दरहरैचामा नया टार्गेट फिट्नेस जोनको उद्घाटन

सुन्दरहरैचा । सुन्दरहरैचामा सुविधा सम्पन्न थप नया जिम हाउस सञ्चालनमा आएको छ । सुन्दरहरैचा नगरपालिका वडा नं ९ स्थित सलकपुरमा टार्गेट फिट्नेस जोन सुभारम्भ भएको हो ।

फिटनेस जोनको सुन्दरहरैचाका बडि बिल्डर इन्द्र सापकोटाले उद्घाटन गर्दैै जीम हाउसको परम्पराले मानिसको शरिर मात्रै सुगठन नभई व्याक्तित्व समेत विकास हुने धारणा राखेका थिए ।

उनले फिटनेस जाने प्रवृत्तीले मानिसमा अनुसासनको भावना जागृत गर्ने भन्दै जसले शिक्षा क्षेत्रमा पनि केही योगदान पुग्ने बताएका थिए ।

पछिल्लो समयमा खुल्दै गएका जीम हाउसले मानिसको शारिरिक बनावटको साथै सामाजिक रुपमा समेत कार्य गर्ने वातावरणको सुरुवात गरेको बताएका थिए ।

कार्यक्रममा सञ्चालक हरि प्रसाद पोखरेलले शिक्षा क्षेत्रमा विशेष जोड दिनुपर्ने भन्दै उनले शिक्षा विना कुनै पनि विकास कल्पना गर्न नसकिने बताउदै शिक्षा संगै शारिरिक बनावट स्वाथ्य बनाउनुपर्नेमा पनि जोड दिए आफुले सञ्चालनमा ल्याएको फिटनेसमा शिक्षा शहितको सेवा उपलब्ध हुने बताए ।

उनले हाल फिटनेशमा शुरुवात्ती क्रममा सानो स्थान भए पनि आगामी दिनमा यसको बनावन वृद्धि गर्दै लैजाने बताए । करिब ५१ लाखको लगानीमा शुरु गरिएको उक्त फिट्नेस सेन्टरमा एउटा समुहमा २५ जना भन्दा बढी राखेर शरिरको एक्सरसाइज गर्न सकिने छ ।

उद्घाटनको पहिलो दिन बडि बिल्डर सापकोटाले आउने सेवाग्राहीहरुलाई फिट्नेश बारेको परामर्श दिएका थिए ।