बेलबारी जेसिज द्वारा विद्यार्थी सिकाइ सहजिकरण निर्देशिका-२०७७ बारे राष्ट्रिय तहमा अन्तरकृया कार्यक्रम सम्पन्न

बेलाबारी। मोरङ्गको बेलाबारीमा अबस्थित बेलाबारी जेसिजले बुधवार विद्यार्थी सिकाइ शाहजिकरण निर्देशिका-२०७७ को कार्यन्वयन,चुनौती र् बिकल्पहरु बिषयक अनलाइन अन्तरकृया कार्यक्रम सम्पन्न गरेको छ।
उक्त अन्तरकृया कार्यक्रममा शिक्षा मन्त्रालयका प्रबक्ता तथा सहसचिब दिपक शर्मा, नेपाल राष्ट्रिय शिक्षक संगठनका केन्द्रिय अध्यक्ष लक्ष्मण शर्मा, नेपाल शिक्षक संघका केन्द्रिय अध्यक्ष राजेन्द्र राज पौडेल, नेपाल शिक्षक संघ तथा नेपाल शिक्षक महासंघका पूर्व केन्द्रिय अध्यक्ष केशब निरौला, नेपाल शिक्षक महासंघका केन्द्रिय महासचिब लक्ष्मी किशोर सुबेदी, प्याब्सन नेपालका केन्द्रिय सह-अध्यक्ष डि.के ढुंगाना तथा एन प्याब्सन नेपालका केन्द्रिय महासचिब सुवास न्यौपाने प्रमुख बक्ताको रुपमा रहनुभएको थियो।साथै उक्त कार्यक्रममा एकसय भन्दा बढी अन्य बिभिन्न सरोकारवला ब्यक्तिहरुको पनि सहभागीता रहेको कुरा बेलाबारी जेसिजका अध्यक्ष राजेश खत्रीले जनकारी दिनुभयो।
उक्त अन्तरकृया कार्यक्रममा बक्ताहरु र सहभागीहरु बिचमा विद्यार्थी सिकाइ सहजिकरण निर्देशिका-२०७७ लगायत अन्य बिबिध बिषयमा ब्यापक छलफल भएको थियो।कार्यक्रममा बोल्नुहुँदै शिक्षामन्त्रालयका प्रबक्ता शर्माले बैकल्पिक बिधी अपनाएर भएपनी यो शैक्षिक शत्रलाई सदुपयोग गर्दै विद्यार्थीको मुल्याङ्कन गरिने र शैक्षिक शत्रलाई खेर जान नदीइने कुरा समेत प्रष्ट पार्नु भयो।प्रबक्ता शर्माले निजी तथा आबासिय बिद्यालयहरुले स्थानिय सरकार,बिद्यालय ब्यब्स्थापन समितीको रायबमोजिम कानुन अनुसर नै शुल्क लिन पाउने तथा अनलाइन कक्षा तथा अन्य बैकल्पिक बिधी द्वारा निजी बिद्यालयहरुले सन्चालन गर्दै आएका कक्षाहरुलाई मान्यता दिने कुरा समेत थप स्पष्ट पार्नुभयो।
कार्यक्रममा नेपाल जेसिजका पूर्व राष्ट्रिय अध्यक्ष सिनेटर राजेन्द्र बहादुर श्रेष्ठ, बेलबारी बहुमुखी क्याम्पसका प्रमुख खगेन्द्र प्रसाद लुइटेल तथा धरान जेसिजका अध्यक्ष दीपेन्द्र निरौलाले शुभकामना मन्तब्य राख्नुभएको थियो भने कार्यक्रम बेलाबारी जेसिजका सामाजिक क्षेत्रका उपाध्यक्ष सन्तोष भट्टराईको सम्योजकत्व तथा सामाजिक क्षेत्रकै कार्यकारीणी उपाध्यक्ष ऐश्वर्य प्रशाद आचार्य(बिपिन)को मुल सम्योजकत्वमा सम्पन्न भएको थियो।उक्त भर्चुअल अन्तरकृया कार्यक्रमको संचालन बेलबारी जेसिजका महासचिब भुवन कार्कीले गर्नुभएको थियो।