बेलबारी प्रहरीको सफलता: भाग्दै गरेका चार चोर पक्राउ

सुन्दरहरैचा । ईलाका प्रहरी कार्यालय बेलबारीको सक्रियतामा चोरीमा संलग्न चार जनालाई प्रहरीले मध्यरातमा नै पक्राउ गरेको छ । मध्यरातमा विराटचौकको मोबाइल पसल चोरी गर्ने मध्ये चार जनालाई ईलाका प्रहरी कार्यालय बेलबारीले पक्राउ गरेको हो ।

मध्यरातमा चोरी गरेर घर फर्कदै गर्दा ईलाका प्रहरी कार्यालय बेलबारीको टोलीले सुन्दरहरैचा र बेलबारी नगरपालिकाको सिमा क्षेत्रबाट मध्यरातमै चार जनालाई पक्राउ गरेको हो । मध्यरातमा ठूलो हुलमा हिडेका केही व्यक्तीलाई प्रहरीले नियन्त्रणमा लिई सिमा क्षेत्रमा खानतलासी गर्दा उनिहरुको साथबाट केही नया मोबाइल बरामद गरेको थियो ।

मोबाइल बरामद गरेपछि पक्राउ परेका व्यक्तीहरुले आफुले किनेर ल्याएको बताए पनि ती व्यक्तीहरुलाई नियन्त्रणमा लिएर अनुसन्धान गर्दै जादा चोरी गरेर ल्याएको अनुसन्धानबाट भेटिएको प्रहरी स्रोतले बताएको छ ।

प्रहरीलाई देखेपछी ठूलो हुलमा भएका ती व्यक्तीहरु मध्ये केही फरार भएका छन उनिहरुको खोजी कार्य भईरहेको छ ईलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरिक्षक ऋषीराज ढकालले बताए । हामी अनुसन्धानको बाटोमा छौ “फरार ती व्यक्ती पनि पक्राउ पर्ने ढकालले बताए ।”

फरार व्यक्तीहरुको समेत सबै जानकारी प्रहरी समक्ष उपलब्ध भईसकेको बताउदै ढकालले चोरीमा संलग्न फरार सबै व्यक्ती पक्राउ पर्ने बताए ।

नागरिकको जनधनको सुरक्षा को ग्यारेन्टी प्रहरीले गर्ने बताउदै ढकालले अपराधीक कृयाकलापमा सलग्न सबै व्यक्तीहरुलाई कानुनी कार्वाहीमा ल्याइने बताए ।

मध्यरात करिब डेढ बजे विराटचौक स्थित ADS साइबर एन्ड मोबाइल सेन्टरमा चोरी भएको थियो । मोबाइल पसलबाट करिब ९ लाख बराबरको सामान र नगद सहि चोरी भएको पसल सञ्चालक दिपेन्द्र मेहताले बताएका छन ।

मेहताले बिहानै ईलाका प्रहरी कार्यालयमा जाहेरी दिदै घटनामा संलग्न सबैलाई कानुनी कार्वाहीको दायरामा ल्याउनु पर्ने बताएका छन ।

घटनाको थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ ।