कुलमान घिसिङको समर्थनमा विराटचौकमा पर्दशन

सुन्दरहरैचा । नेपाल विद्युत प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङको समर्थनमा आज सुन्दरहरैचाको विराटचौकमा शान्ती पुर्ण प्रदर्शन गरिएको छ । योग्यता र क्षमता हुँदा हुँदैपनि उनलाई प्राधिकरणको कार्यकारी निर्देशनकमा निरन्तरता नदिइएको भन्दै शान्ती पुर्ण प्रदर्शन गरिएको हो ।

प्रदर्शनमा सहभागीहरुले कुलमान जतिको योग्य मानिसलाई निरन्तरता नदिएको भन्दै सरकारविरुद्ध लेखिएको पम्लेट बोकेर विरोध गरेका छन् ।

नेपाललाई लोडसेडिङ मुक्त गराएका घिसिङ भदौ २८ गतेवाट पदमुक्त भएका हुन् । उनको मंगलबार विद्युत प्राधिकरणले विदाइ गरेको थियो ।

२०५१ सालमा सातौं तहको इन्जिनियरबाट नेपाल विद्युत प्राधिकरणमा प्रवेश गरेका घिसिङ २०७३ भदौ २९ गते प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त भएका थिए ।

साझा पार्टीको युवा संघठन साझा युवा संघठनले विराटचौकमा विरोध पर्दशनको आयोजना गरेको हो । कार्यक्रममा ४० जना भन्दा बढी युवाहरुको सहभागिता रहेको थियो ।