बुधबार बेलबारीका थप १ जनामा कोरोना पुष्टि , संक्रमित संख्या ३४ पुग्यो


बेलबारीमा बुधबार थप एक व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको छ । बेलबारी ६ का ५२ वर्षिय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको बेलबारी नगरपालिका स्वास्थ्य शााखाका सन्तोस विस्वकर्माले जानकारी दिनुभएको छ । उनी भारतबाट आएर क्वारेन्टिनमा बसेका थिए । यो सँगै बेलबारीमा कोरोना संक्रमितको संख्या ३४ पुगेको छ ।