बेलबारीमा कोरोनाबाट दोस्रो मृत्यु


बेलबारीमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । उपचारका लागि नोबेल अस्पताल विराटनगर लगिएकी बेलबारी ७ वाहुनीकी ६४ वर्षिया महिलाको अस्पतालमै मृत्यु भएको थियो । ती महिलाको पिसिआर परिक्षण गर्दा कोरोना पुष्टि भएको बेलबारी नगरपालिका स्वास्थ्य शाखाले जानकारी दिएको छ । मंगलबार राति मृत्यु भएकी महिलामा कोरोना पुष्टि भएको थियो । यो सँगै बेलबारीमा कोरोनाबाट संक्रमणबाट मृत्यु हुनेको संख्या २ पुगेको छ । यसअघि बेलबारी ५ की एक महिलाको कोरोना संक्रमणका कारण मृत्यु भएको थियो ।