मध्यरातमा विराटचौकको मोबाइल पसलमा चोरी

सुन्दरहरैचा । मोरङको सुन्दरहरैचा नगरपालिका वडा नं १२ मा रहेको ADS मोबाइल पसलमा चोरी भएको छ । आज राती करिब डेढ बजे तिर उक्त मोबाइल पसलमा चोरी भएको प्रहरी चौकी विराटचौकले जानकारी दिएको छ ।

मध्यरातमा चोरी हुदा उक्त मोबाइल पसलको करिब ९ लाख बराबरको सामान र नगद सहि चोरी भएको पसल सञ्चालकले बताएका छन । प्रहरीले चोरीमा संलग्न भएको हुन सक्ने आशंकामा चार जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको प्रहरीले बताएको छ । प्रहरीले पक्राउ परेका व्यक्तीको साथबाट केही थान मोबाइल समेत बरामद गरेको छ ।