मंगलबार सुन्दरहरैचामा थप ३ जनामा कोरोना

सुन्दरहरैचा । मगलबार सुन्दरहरैचा नगरपालिकामा थप ३ जनामा कोरोना भाइरस सक्रमण पुष्टि भएको छ ।

विराटनगर अस्थायी बसोबास गर्दै आएकी एक महिला र सुन्दरहरैचा नगरपालिका वडा नं ५ का एक जना पुरुष र एक जना महिलालाई कोरोना संक्रमण पुष्टि भएको हो ।

सुन्दरहरैचा नगरपालिका वडा नं ५ का दुई जना व्यक्तीलाई कन्ट्राक्ट ट्रेसिङको आधारमा परिक्षण गर्दा कोरोना संक्रमण देखिएको नगरपालिकाको स्वास्थ्य शाखाल्व जनाएको छ ।