सुन्दरहरैचामा निगुरो टिप्न जादा रुखले लागेर पुरुषको मृत्यु

सुन्दरहरैचा । मोरङको सुन्दरहरैचा नगरपालिका वडा नं ७ मा पर्ने जंगलमा रुखको हागाले एक पुरुषको मृत्यु भएको छ ।

सुन्दरहरैचा ७ बस्ने वर्ष ५२ का काली बहादुर लिम्बुको मंगलबार मृत्यु भएको हो । जंगलमा निगुरो टिप्ने क्रममा रुखको हागा झरेर लाग्दा घटनास्थलमा नै मृत्यु भएको ईलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ ।

मृतकको शव पोर्ष्टमाटमको लागि अस्पताल पुर्याउने तयारी भईरहेको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यलय बेलबारीले जनाएको छ ।