बेलबारीमा थप १ जनामा कोरोना पुष्टि

बेलबारीमा थप एक महिलामा कोरोना संक्रमण पुष्टि भएको छ । बेलबारी ३ की ६८ वर्षिया महिलामा कोरोना संक्रमण पुष्टि भएको बेलबारी नगरपालिका स्वास्थ्य शाखाले जानकारी दिएको छ । उपचारका लागि नोबेल अस्पताल विराटनगरमा ती महिलाको नोबेलमै गरिएको पिसिआर परिक्षणका क्रममा कोरोना पुष्टि भएको स्वास्थ्य शाखाले जानकारी दिएको छ । उनलाई होम आइसोलेसनमै राखिएको छ ।यो सँगै बेलबारीमा जम्मा संक्रमितको संख्या ३३ पुगेको छ ।