बेलबारीको आइसोलेसनमा रहेका ६ जनाले कोरोना जिते


बेलबारीको आइसोलेसनमा बसेका ६ जना संक्रमितले कोरोना जितेका छन् । संक्रमित भएर आइसोलेसनमा बस्दै आएका बेलबारी ४,९ र १० का समेत ६ व्यक्ति कोरोनामुक्त भएका बेलबारी नगरपालिका स्वास्थ्य शाखाका सन्तोस विश्वकर्माले जानकारी दिनुभएको छ । गत भदौ २८ गते स्वाव नमुना परिक्षणका लागि पठाइएकोमा सोमबार आएको रिपोर्ट अनुसार उनीहरु कोरोनामुक्त भएका विश्वकर्माले बताउनुभएको छ ।योसँगै बेलबारीमा २६ जना कोरोना संक्रमित निको भएका छन् ।

गत भदौ २८ गते नमुना परिक्षणका लागि लगिएका बेलबारीको क्वारेन्टिनमा रहेका ११ जनाको रिपोर्ट पनि नेगेटिभ आएको स्वास्थ्य शाखाले जानकारी दिएको छ । यस्तै बेलबारी ४ का कोरोना संक्रमित १३ महिने वालकको पनि पिसिआर परिक्षणका लागि पठाइएको छ ।