सुन्दरहरैचामा बृहत खुल्ला रक्तदान कार्यक्रम हुने

सुन्दरहरैचा । मोरङको सुन्दरहरैचा नगरपालिकामा बृहत खुल्ला रक्तदान कार्यक्रम आयोजना हुने भएको छ । सुन्दरहरैचा नगरपालिका भित्र रहेका विभिन्न ६ वटा सामाजिक संघ सस्थाको आयोजनामा बृहत खुल्ला रक्तदान कार्यक्रम आयोजना हुन लागेको हो ।

सामाजिक सेवा दिवसको अवसर पारी असोज ६ गते नगरभित्र रहेर विभिन्न क्षेत्रमा सामाजिक कार्य गर्ने संघ सस्थाको सयुक्त आयोजनामा सुन्दरहरैचा नगरपालिका वडा नं ९ मा रहेको इन्द्रपुर सहकारीको भवन अगाडि रक्तदान कार्यक्रम गर्न लागिएको रक्तदान कार्यक्रमका सयोजक राजु बस्नेतले बताए ।

विभिन्न संघ सस्था सग भाईचाराको सम्बन्ध कायम राख्दै रगत अभाव हुन नदिन सामाजिक सेवा दिवसको दिन उक्त कार्यक्रमको आयोजना गर्न लागिएको बस्नेतले बताए ।

सुन्दरहरैचा नगरपालिका भित्र रहेका विभिन्न संघ सस्थाहरु सगरमाथा युथ क्लब, नेपाल मुस्लिम युवा समूह, झरना युथ क्लब, नव सृजना युवा क्लब, सरस्वती स्पोर्टिङ , सुन्दरहरैचा पत्रकार समूह, ज्योती युवा क्लब आयोजकको रुपमा रहेका छन भने सहयोगी सस्थाको रुपमा सुन्दरहरैचा नगरपालिकार सुन्दरहरैचा उधोग वाणिज्य संघ रहेका छन ।

त्यस्तै उक्त कार्यक्रमको मिडिया पार्टनरको रुपमा ब्लाष्ट दैनिक खबर, पुर्वेली न्युज, वेेेतना दैनिक, निरन्तर खबर, जनचर्चा टाइम्स, सारङ्गी एफ एम, सुसेली एफ एम रहेका छन ।