साहित्यकार भट्टराईको झुण्डिएको अवस्थामा शव फेला

इटहरी । साहित्यकार गिता भट्टराईको आफ्नै कोठामा झुण्डिएकाे अवस्थामा शव फेला फरेकाे छ । इटहरी -५ पचरुखीकी निवासी सोमबार दिउँसो ११ बजे देखि घरमा एक्लै रहेकी भट्टराईले झुण्डिएको अवस्थामा मृत भेटिएकी हुन ।

पारिवारका सदस्यहरूले साँझ ५ बजे ढोका खोल्न बारम्बार आग्रह गर्दा ढोका नखोलेपछी झ्यालबाट हेर्दा सिलिङ्ग फ्यानमा सलकाे पासो लगाएर झुण्डिएको अवस्थामा फेला पारेकाे जनाएका छन ।

१ छोरा र १ छोरीकी आमा भट्टराई पछिल्लो समय कविता गजल रचना गर्नुका साथै गायनमा समेत सकृय रहेकी थिईन् ।