छोराद्वारा बञ्चरो प्रहार गरि आमाको हत्या

दमक । झापाको कमल गाउपालिकामा २४ वर्षिय एक युवकले बञ्चरो प्रहार गरि आमाको हत्या गरेका छन । झापाको कमल गाँऊपालिका-७ बाह्रघरेका २४ बर्षीय दिनेश ऋषिदेवलाई आफ्नै आमाको हत्या गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ ।

आईतवार राती ८ बजेको समयमा मादक पदार्थ सेवन गरी आफ्नै ५० बर्षीया आमा मिरा ऋषिदेवलाई धारिलो हतियार बन्चरोले शरिरका बिभिन्न भागमा अन्धाधुन्द प्रहार गरी हत्या गरेको दमक प्रहरीले बताएको छ ।

घटना लगत्तै ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले छोरा दिनेशलाई पक्राउ गरेको हो भने घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।