बेलबारीमा २० जनाले कोरोना जिते,सक्रिय संक्रमित ११ जना


बेलबारीमा जम्मा ३२ जना संक्रमित मध्ये २० जनाले कोरोना जितेका छन् । अहिले ११ जना सक्रिय संक्रमित उपचारका क्रममा रहेका छन् । १ जना संक्रमितको भने ज्यान गएको छ । सक्रिय संक्रमित ११ मध्ये ७ जना बेलबारी नगरपालिकाले निर्माण गरेको बेलबारी २ स्थित आइसोलेसनमा रहेका छन् । ४ जना होम आइसोलेसनमा रहेका छन् । यसैविच आइतवार बेलबारी नगरपालिकाले २३ जनाको पिसिआर परिक्षण गरेको छ । बेलबारी नगरपालिका स्वास्थ्य शाखाका सन्तोष विश्वकर्माका अनुसार आइसोलेसनमा रहेका ७ जना, क्वारेन्टिनमा रहेका १२ जना तथा कन्ट्याक ट्रेसिङका बाट ४ जनाको स्वाव नमुना संकलन गरी परिक्षणका लागि पठाइएको हो । अहिले बेलबारी १० स्थित क्वारेन्टिनमा २६ जना रहेका छन ।