पाइलट विजय लामा कोरोना संक्रमित

सिनियर पाइलट विजय लामालाई कोरोना संक्रमण पुष्टि भएको छ । २ दिनअघि ललितपुरको स्टार अस्पतालमा स्बाब दिएका लामाको आज पीसीआर रिपोर्ट पोजेटिभ आएको हो ।

पाइलट लामा सोल्टी होटलको आइसोलेशनमा बसेका छन् । पाइलट लामाले पछिल्लो समय शान्ति मिसनमा खटिएको नेपाली सेनाको टोलीलाई तीन दिनअगाडि दक्षिण सुडान लगेका थिए ।

दक्षिण सुडानबाट फर्केपछि लामाले जहाज उडाएका थिएनन् । लामासँगै अर्का पाइलट उदय कोल्हात्करलाई पनि कोरोना संक्रमण पुष्टि भएको छ । कोल्हात्कर पनि लामासँगै सोल्टी होटलको आइसोलेसनमा बसेका छन् ।