साजन र रमेशको “गाउमै रमाइलो” युट्युबको टप २० मा

सुन्दरहरैचा । शुक्रबार रिलिज भएको “गाउमै रमाइलो” युट्युबको टप २० मा पुगेको छ । रमेश कार्कीको रचना , गौरव पहारी र मेनुका प्रधानको अभिनय र साजन राईको स्वर रहेको उक्त बोलको गित आइतबार बिहान सम्ममा टप २० मा पुगेको हो ।

बिहान १० बजे सम्ममा उक्त गितलाई ३ लाख २१ हजारले हेरी सकेका छन । उक्त गित ओएसआर डिजिटल मार्फत सार्वजनिक गरिएको थियो ।

गीतले आफ्नो माटो र यस माटोले जोडिदिएको सम्बन्ध नै राम्रो र आफ्नो गाउँघर रमाइलो हुन्छ भन्ने भाव बोकेको छ ।