इटहरीमा १२ वर्षिया बालिका बलात्कृत

इटहरी । सुनसरीको इटहरीमा १२ वर्षीया बालिका बलात्कार गरेको अभियोगमा इटहरी ५ पच्च्रुकीमा डेरा गरेर बस्ने प्रतिक राई पक्राउ परेका छन ।

गत मंगलबार १२ वर्षिया बालिकालाइ पैसा दिने प्रलोभनमा पारी जबरजस्ती बलात्कार गरेको घटना बाहिरिएपछि पिडित परिवारले दिएको किटानीको आधारमा राईलाइ पक्राउ गरिएको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ ।

भोजपुर जिल्लाको षडानन्द गाउपालीका अन्तरगत दोभाने घर भएका राई इटहरी स्थित एक कलेजमा अध्यन्नरत छन । घटनालाइ बाहिर ल्याए परिवार नै सिध्याने धम्कि दिएपछि बालिकाले घटना लुकाएकि थिइन ।

बालिकालाइ केहि दिन यता निरास देखेपछि परिवारका सदस्यले ललाइ फकाइ गरेर सोध्दा घटना बाहिरिएको थीयो । घटनाबारे थप अनुशन्धान भइरहेको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ ।