साझा युवा संगठनको १ नं प्रदेश समिती गठन

साझा युवा संगठनले मोरङ जिल्ला निवासी सरोज नेपालको नेतृत्वमा प्रदेश १ अन्तर्गत ३७ सदस्यीय प्रदेश समिति घोषणा गरेको छ।

शनिवार भर्चुअल कनफ्रेन्स मार्फत घोषणा गरिएको प्रदेश समिति सदस्यहरुमा झापाका प्रशान्त ढकाल, खोटाङका उपार्जुंन राई, झापाका राजेन्द्र खनाल, भोजपुरका प्रविन राइ, उदयपुरका राकेश पोख्रेल, झापाका भुपिन कटवाल, मोरंगका सुशान्त बानिया, सुनसरीका अनुप शाह, इलामका चन्द्र शेखर रिजाल, इलामकी नानुका आचार्य अधिकारि, मोरंगका हरि सन्तोस राम, मोरङका युवराज शाह, मोरंगका सन्तोस शर्मा, मोरंगका ज्योति बिक्रम शाह, झापाका गोबिन्द बजगाईं, सोलुखुम्बुका बिजय कुमार बस्नेत, उदयपुरका मानिहांग राई, सोलुखुम्बुका रामकृष्ण कुलुंग, मोरंगका मात्रिका घिमिरे, मोरंगकी सबिना राजवर, सुनसरीकी सलुजा रिजाल, सुनसरीका संजिव बराल, संखुवासभाका डम्बर बर्देवा, तेह्रथुमका खगेन लिम्बु, मोरङका रासिद आलम, झापाकी अस्मिता कार्की, ताप्लेजुंगका मिलन बुढाथोकी, मोरंगका सौहार्द कार्की, ओखलढुंगाका सुसिल ढुंगेल,मोरङका नितिस कुमार दरवारिया,धनकुटाका सुरज केसी,उदयपुरका खिलराज तामांग, मोरंगकी रिता दाहाल, मोरंगका सहबाज हुसेन, उदयपुरका संजीवन राई र उदयपुरकै दिपक सुबेदी रहेका छन्।

साझा युवा संगठनले बिभिन्न पृष्ठभूमिका युवाहरुलाई समेट्दै संगठनलाई प्रदेशका हरेक स्थानीय निकाय र वडा तहसम्म पुर्याउने एवम् आउने निर्वाचनमा वैकल्पिक राजनीतिलाई थप शसक्त बनाउँदै राजनीतिमा युवाहरुको सकारात्मक हस्तक्षेप गर्ने लक्ष लिएको छ। सबै जिल्लाका युवा प्रतिनिधिहरु समेटेर बनेको प्रदेश समितिले बैकल्पिक राजनीति र नयाँ युवा अभियानलाई शसक्त बनाउने आत्मविश्वासलाई अझै दृढ बनाएको छ।




Leave a Reply

Your email address will not be published.