सुन्दरहरैचाका आगलागी पिडितलाई उधोग वाणिज्य संघको आर्थिक सहयोग

सुन्दरहरैचा । केही महिना अघि सुन्दरहरैचा नगरपालिका वडा नं १२ स्थित विराटचौकमा रहेका तीन होटलका आगलागी पिडितहरुलाई आर्थिक सहयोग जुटेको छ । सुन्दरहरैचा उधोग वाणिज्य संघको पहलमा ती होटल व्यवसायीहरुलाई आर्थिक राहत उपलब्ध भएको हो ।

केही महिना अघि ग्यासको सिलिन्डर पड्किदा विराटचौकका तीन होटलहरु जलेर नष्ट भएका थिए भने आगलागि निभाउने क्रममा स्थानिय केही व्यक्ती सिलिन्डरको छर्‍रा लागेर र्घाइते भएका थिए । अहिले उक्त घाइते भएका व्यक्तीहरुको स्वास्थ्य अवस्था सामान्य बन्दै गएको छ ।

आगलागी पिडितहरुलाई संघका अध्यक्ष नवराज चापागाई उधोगपती भोलेश्वर दुलाल लगायत संघका अन्य सदस्यहरुको उपस्थितिमा शनिबार उधोग वाणिज्य संघको तर्फबाट प्रतिव्यक्ती रु. १५,००० (पन्ध्र हजार) हस्तान्तरण गरेको छ ।

त्यस्तै संघकै पहलमा सुन्दरहरैचा वडा नं १२ मा रहेको सुकुना बचत तथा ऋण सहकारी संस्थाको तर्फबाट रु. ५००० (पाँच हजार) , सुन्दरहरैचा वडा नं ८ मा रहेको भुल्के बचत तथा ऋण सहकारी संस्थाबाट रु. ५०००(पाँच हजार) र त्यस्तै सुन्दरहरैचा वडा नं ९ मा रहेको माछापुच्छ्रे बैंकबाट रु. ५००० (पाँच हजार) होटल व्यवसायीहरुलाई हस्तान्तरण गरिएको संघका अध्यक्ष नवराज चापागाईले बताए ।