बेलबारीका थप १ जना कोरोना संक्रमित निको भए


बेलबारीका १ जना कोरोना संक्रमित निको भएका छन् ।बेलबारी १ का ३२ वर्षिय पुरुष निको भएर डिस्चार्ज भएका हुन् । भारतबाट आएका उनी बेलबारीको १० स्थित क्वारेन्टिनमा बसेका थिए । गत भदौ १३ गते संक्रमण पुष्टि भएपछि उनी बेलबारी नगरपालिकाको आइसोलेसनमा बस्दै आएका थिए । २३ गते उनको पिसिआर गरीएको थियो । यो सँगै बेलबारी नगरपालिकाको आइसोलेसनमा बसेका ४ जना कोरोना संक्रमित निको भैसकेका छन् । गत भदौ २३ गते अन्य १२ जनाको पनि पिसिआर परिक्षण गरिएकोमा सबैको रिपोर्ट नेगेटिभ आएको बेलबारी नगरपालिका स्वास्थ्य शाखाका सन्तोष विश्वकर्माले बताउनस भयो । उहाँका अनुसार पिसिआर गरीएकाहरुमा क्वोन्टिनका १० जना, कन्ट्रयाक टेसिङ १ जना र आइसोलेसनमा बसेका १ जना थिए ।