काङ्ग्रेस नेता ढकाल सधै जनताको दु:खमा

सुन्दरहरैचा । नेपाली काङ्ग्रेस मोरङ जिल्ला सदस्य तथा युवा नेता राजेन्द्र ढकालले मोरङ क्षेत्र नं ३ मा सञ्चालित विभिन्न फुड बैकलाई खाधान्न सहयोग गरेका छन । बुधबार पथरीशनिश्चरे नगरपालिकामा सञ्चालैत फुड बैकलाई ढकालले ४०० केजी चामल हस्तान्तरण गरेका हुन ।

पछिल्लो समय ढकाल कोरोना महामारीमा पनि जनताको समस्यामा विभिन्न राहतका प्याकेजहरु लिएर जनताको घर दैलोमा हिडिरहेका छन । चुनावी माहोलमा मात्र नेताहरु जनताको घर दैलोमा हिड्ने परम्परालाई हटाउदै उनले नेताहरु अन्य समस्यामा समेत जनताको साथमा नै हुन्छन भन्ने उदाहरण बनेका छन ।

बुधबार ढकालले पथरिशनिश्चरे नगरपालिका वडा नं २ को वर पिपल युवा समुह तथा नेपाल महिला संघ पथरिशनिस्चरे ४ द्वारा सञ्चालन गरिरहेको फुड बैङ्कलाई खाधान्न सामाग्री वितरण गरेका हुन ।

खाधान्न सहयोग गर्ने ढकालको नेतृत्वमा युवा व्यवसायी तथा उज्ज्वल थापा, युवा नेता अर्जुन गजुरेल, प्रध्यापक रमेश खतिवडा , युवा व्यवसायी समीर बस्नेत, युवा समाजसेवी देव श्रेष्ठ, युवा समाजसेवी दिलिप थापा, युवा व्यवसायी रमेश खड्का लगायतको समूह रहेको छ । ढकालको नेतृत्वले यस अघि पनि मोरङका विभिन्न क्षेत्रमा विभिन्न समुदायका अति विपन्न समुदायहरुलाई राहत सामाग्री वितरण गरिसकेको छ