भदौ २५ । नेपालमा कोरोना संक्रमितको संख्या ५० हजार नाघेको छ । पछिल्लो २४ घण्टामा थप १२४६ जना कोरोना भाइरस संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा १२४६ संक्रमित थपिएको जानकारी दिनुभयो । यो सँगै अब नेपालमा कोरोना संक्रमितको संख्या ५० हजार ४६५ पुगेको छ ।
पछिल्लो २४ घण्टामा १८१८ जना संक्रमित डिस्चार्ज भएका छन् । हालसम्म ३५ हजार ७ सय जना डिस्चार्ज भएका छन् ।
पछिल्लो २४ घण्टामा विभिन्न प्रयोगशालाहरुबाट ११ हजार १ सय ४४ जनाको पीसीआर परीक्षण गरिएको छ । हालसम्म ८ लाख १० हजार ४ सय ८५ जनाको पीसीआर परीक्षण गरिएको छ ।
पछिल्लो २४ घण्टामा थप ५ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा काठमाडौंका ५५ वर्षीया महिला, ५९ वर्षीय पुरुष, ८३ वर्षीय पुरुष, चितवनका ६२ वर्षीय पुरुष, कपिलवस्तुका २९ वर्षीय पुरुष रहेको मन्त्रालयले जनाएको छ ।
प्रदेश १ मा ८६ संक्रमित थपिए
प्रदेश १ मा आज ८६ जना कोरोना संक्रमित थपिएका छन् । सुनसरीमा २३, संखुवासभामा २२, मोरङमा १६, झापामा १२, पाँचथरमा ४, भोजपुरमा ३, उदयपुर, इलाम र प्रदेश १ बाहिरका २–२ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
सुनसरीको इटहरीमा ८ महिला ६ पुरुष, दुहवीमा १ महिला ३ पुरुष, बराहक्षेत्रमा ३ पुरुष, धरान र बर्जुमा १–१ पुरुष, संखुवासभाको खाँदबारीमा २० पुरुष, सिलिचोङमा १ पुरुष, चिलिलामा १ महिला, मोरङको विराटनगरमा २ महिला ४ पुरुष, रतुवामाईमा ३ महिला २ पुरुष, पथरीशनिश्चरेमा १ महिला १ पुरुष, कटहरी र सुनबर्षीमा १–१ पुरुष र रंगेलीमा १ महिलाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
उता झापाको शिवसताक्षीमा २ महिला ५ पुरुष, कमल गाउँपालिका र बा¥हदशीमा १–१ पुरुष, दमकमा १ महिला र स्थानीय तह नखुलेका २ पुरुष, पाँचथरको फिदिममा २ पुरुष, मिक्लाजुङमा १ पुरुष, फालेलुङमा १ महिला, भोजपुरको ट्याम्केमैयुङ, भोजपुर र षडानन्दमा १–१ पुरुष, उदयपुरको त्रियुगामा २ पुरुष, इलामको चुलाचुलीमा १ महिला १ पुरुष र प्रदेश १ बाहिरका १ महिला १ पुरुषमा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेश १ मा कोरोना संक्रमितको संख्या ४ हजार ४९८ पुगेको छ ।
प्रदेश १ मा आज ५ जना डिस्चार्ज भएका छन् । हाल सम्म डिस्चार्ज हुनेको संख्या १ हजार ९५३ पुगेको छ ।
प्रदेश १ मा आज १ हजार ५११ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये २३ महिला र ६३ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ । हाल सम्म १ लाख ४ हजार ८४४ जनाको पीसीआर परीक्षण गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।