शुक्रबारेमा १ करोड ५० लाखमा बन्ने सामुदायिक भवनको शिलन्यास

बिराटचौक । मोरङको सुन्दरहरैचा नगरपालिका ११ शुक्रबारेमा बन्न लागेको सामुदायिक भवनको शिलन्यास भएको छ । बुधबार एक कार्यक्रमको आयोजना गरि मक्करधन सामुदयिक भवनको प्रदेश सभा सदस्य राजकुमार ओझाले शिलान्यास गरेका छन ।


प्रदेश सरकार भौतिक पूर्वाधार विकास मन्त्रालय शहरी विकास तथा भवन कार्यलय बिराटनगर सँग निर्माण ब्यबसायी लक्ष्मीमाता पि एण्ड जि जे.भी. भद्रपुर झापाले १ करोड ५० लाख २६ हजार ४३ रुपैयाँ लागतमा भवन बनाउने संझौता गरेको छ । उक्त संझौता अनुसार बुधबार भवनको शिलन्यास भएको हो ।
२०७७ जेठ ९ मा भएको संझौता अनुसार १ बर्षभित्रमा उक्त भवन निर्माण कार्य सम्पन्न हुनेछ ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि प्रदेश सभा सदस्य ओझाले ३ कठ्ठा क्षेत्रमा बन्ने उक्त सामुदायिक भवनलाई १ कठ्ठा १० धुर जमिन स्थानीयबासी सोभितमान श्रेष्ठको परिवारले निशुल्क प्रदान गरेकोमा धन्यबाद दिदै निर्माणाधीन सामुदायिक भवनले शुक्रबारे आसपासका क्षेत्रलाई मात्र नभएर सिङ्गो नगरलाई फाईदा पुग्ने बताए । । बाँकी जमिनको पनि छिट्टै ब्यबस्थापन हुने मक्करधन सामुदायिक सेवा संस्थाका अध्यक्ष रमेश कुमार खड्काले जानकारी दिए ।


कार्यक्रममा सुन्दरहरैँचा नगरपालिका प्रमुख शिवप्रसाद ढकाल, उपप्रमुख धनमाया तामाङ, कोशीहरैँचा उद्योग वाणिज्य सङ्घका अध्यक्ष नवराज चापागाई, नेकपा सुन्दरहरैँचाका अध्यक्ष केदार गुरागाई लगायतको सहभागिता रहेको थियो । संस्थाका अध्यक्ष खड्काको अध्यक्षतामा भएको कार्यक्रम स्थानीय शिक्षक हिमाल अधिकारीले सन्चालन गरेका थिए ।