सुन्दरहरैचामा कोरोना संक्रमित व्यक्तीको विचल्ली

सुन्दरहरैचा । मोरङको सुन्दरहरैचा नगरपालिकामा कोरोना संक्रमित व्यक्तीलाई आइसोलेशन सम्म पुर्याउन एम्बुलेन्स छैन । संक्रमित व्यक्तीलाई लैजाने एम्बुलेन्स नहुदा कोरोना संक्रमित व्यक्ती घरमै डर त्रासमा बस्न बाध्य भएका छन । सुन्दरहरैचा नगरपालिकामा कोरोना पोजेटिभ देखिए पछि अस्पताल सम्म पुर्याउनको लागि प्रयोग गर्ने एम्बुलेन्स छैन तर अन्य संक्रमित बाहेकका व्यक्ती बोक्नको लागि एम्बुलेन्स प्रयोग हुँदै आएका छन ।

प्रदेश सरकारले सञ्चालनमा ल्याएको सुन्दरहरैचा स्थित कोभिड अस्पतालमा संक्रमित व्यक्ती बोक्ने एम्बुलेन्स थियो तर उक्त एम्बुलेन्सको सम्झौता सकिएको छ । सम्झौता सकिएको कारण अहिले कोरोना संक्रमित व्यक्तीलाई अस्पताल सम्म लैजान समस्या भएको सुन्दरहरैचा स्वास्थ्य शाखाका प्रमुख मछिन्द्र बस्नेतले बताए ।

बुधबार सुन्दरहरैचा नगरपालिकामा एक सञ्चार गृहमा काम गर्ने सञ्चारकर्मीलाई कोरोना देखियो तर अस्पताल जान उनले विभिन्न सम्बन्धित व्यक्तीहरुलाई फोन गर्दा समेत लैजान नसक्ने बताए । यता स्वयम् स्वास्थ्य शाखा प्रमुख बस्नेतले हामी सग एम्बुलेन्स नभएका कारण केही गर्न नसक्ने जवाफ दिए । त्यस्तै केही दिन अघि सुन्दरहरैचा नगरपालिका वडा नं २ मा पनि भेटिएका एक कोरोना संक्रमित व्यक्ती एम्बुलेन्सकै अभावमा घरमा बस्न बाध्य भएको प्रमुख बस्नेत बताउछन ।

बुधबार भेटिएका सुन्दरहरैचा नगरपालिका वडा नं ५ का संक्रमित व्यक्ती इटहरी स्थित एक टेलिभिजनमा कार्य गर्दै आएका थिए । इटहरी स्थित जनता कलेजमा स्वाव संकलन गरेका उनलाई सुनसरीबाट मोरङमै सम्पर्क गर्न आग्रह गरे तर उनले सुन्दरहरैचा नगरपालिकाको स्वास्थ्य शाखामा फोन गर्दा एम्बुलेन्स नभएको कारण केही गर्न नसक्ने बताए । कोरोना संक्रमित व्यक्ती अहिले घरमै बस्न बाध्य छन । संक्रमित व्यक्ती अनुसार उनको घरमा सबैले एउटै ट्वाइलेट किचन जस्ता सामानहरु प्रयोग गर्न बाध्य छन ।

उनका अनुसार नगरपालिकामा शुरुमा सबैले फोन उठाए तर पछि आफू कोरोना संक्रमित व्यक्ती भएको बताए पछि फोन नउठेको उनी बताउछन । लामो दबाब पश्चात् स्वास्थ्य शाखा प्रमुख बस्नेतले आफुहरु सग एउटा मात्र एम्बुलेन्स भएको कारण अस्पताल लैजान ढिलो हुने भन्दै केही समय पर्खिन आग्रह गरेका छन ।