सुन्दरहरैचामा बालिका माथी जबरजस्ती करणी

सुन्दरहरैचा । मोरङको सुन्दरहरैचा नगरपालिका वडा नं ४ मा एक १५ वर्षिय बालिका माथी जबरजस्ती करणी गरेको खुलेको छ ।

वडा नं ४ स्थित गैरीटोल बस्ने वर्ष ५३ का उमेश नेपालले आफ्नै घरमा भाडामा बस्ने एक बालिकालाई जबरजस्ती करणी गरेको ईलाका प्रहरी कार्यालाय बेलबारीका प्रहरी निरिक्षक ऋषीराज ढकालले बताए ।

निज नेपाललाई ईलाका प्रहरी कार्यालय बेलबारीले पक्राउ गरेको छ । पिडित पक्षको जाहेरीका आधारमा नेपाललाई पक्राउ गरि थप अनुसन्धान भईरहेको प्रहरी निरिक्षक ढकालले बताए ।