प्रदेश १ का प्रहरी प्रमुखमा कोरोना संक्रमण

प्रदेश प्रहरी कार्यालय, प्रदेश १ का प्रहरी नायव महानिरीक्षक (डिआईजी) ईश्वरबाबु कार्कीलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

प्रदेश प्रहरी कार्यालय विराटनगरका ५२ वर्षीय डिआईजी कार्कीलाई मंगलबार कोरोना संक्रमण देखिएको हो ।

विराटनगर महानगरपालिकाको जनस्वास्थ्य महाशाखाका स्वास्थ्य निरीक्षक राजेन्द्र कुईकेलका अनुसार प्रदेश जनस्वास्थ्य प्रयोशालामा गरिएको परीक्षणमा कार्कीलाई कोरोना संक्रमण देखिएको हो । कार्कीसहित उहाँको परिवार र सचिबालयका ५ जनाको स्वाब परीक्षण गर्दा अन्यको भने नेगेटिभ रिपोर्ट आएको छ ।

प्रदेश १ मा हालसम्म ३५५ प्रहरीलाई कोरोना संक्रमण देखिएको छ। संक्रमितमध्ये २२० जना डिस्चार्ज भइसकेका छन्।