कांग्रेस महामन्त्री शशांकलाई कोरोना

 नेपाली कांग्रेसका महामन्त्री डा.शशांक कोइरालालाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

मंगलबार स्वाब दोहो¥याएर स्वाब परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको उहाँको सचिवालयले जनाएको छ ।कोइरालाको ह्याम्स अस्पतालमा स्वाब परीक्षण गरिएको थियो । सो अस्पतालको रिपोर्ट क्लियर नभएपछि मंगलबार पुनः स्वाव संकलन गरेर टेकुस्थित शहिद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल परीक्षण गर्दा कोरोना देखिएको हो ।

यो नेपालका राजनीतिक नेतृत्वको उच्च तहमा देखिएको संक्रमण हो । कोरोना संक्रमण भएपनि कोइरालाको अवस्था सामान्य बताइएको छ । उहाँको स्वास्थ्य अवस्था सामान्य रहेको स्वकीय सचिव भरत तिवारीले जानकारी दिनुभयो ।