मोरङमा रुखको हागाले लागेर ६ वर्षिय बालकको मृत्यु

धनपालथान । मोरङ धनपालथान वडा नं ३  चेकाटोल बस्ने विजय ऋषिदेवको ६ वर्षिय छोरा बसिकरण ऋषिदेवको रुखको हांगाले लागेर मृत्यु भएको छ ।

मंगलबार दिउँसो १२ बजे मृतक बालकका काका सुनिल ऋषिदेवले जंगलबाट रुखको हांगा ल्याई घरमा राख्ने क्रममा घरको आगनमा खेलिरहेका बालकलाई एक्कासि लाग्दा उनी घाइते भएका थिए ।

घाइते बालकको कर्सिया अस्पतालमा उपचारको क्रममा दिउँसो पौने १ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।