मोरङ सिडेनको संयोजकमा मनोज अधिकारी

सुन्दरहरैचा । नेपाली काङ्ग्रेसको शुभेच्छुक सस्था सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स नेपाल (सिडेन) को मोरङ जिल्ला अध्यक्षमा इन्जिनियर मनोज अधिकारी चयन भएका छन ।


मंगलबार सिडेन प्रदेशको आयोजनामा सुन्दरहरैचामा भएको भेलाले संयोजकमा मनोज अधिकारी सहित ५ जना सदस्य मदन खनाल, विक्रम कटुवाल, रिकेस कार्की , संजिव विमली र धिरेन्द्र कुमार खवास साथै उपाधयक्ष भरत राज माझी, सचिव अमित खड्का, कोषाध्यक्ष कुन्ता शर्मा सल्लाहकारमा सरोज भट्टराई , सन्तोष अग्रहरी र राजु तामाङलाई चयन गरेको छ ।

प्रमुख अतिथी नेपाली कांग्रेस मोरङ जिल्ला उपसभापति शिव नारायण सिहं साथै सभापती हरिकुमार देव र विशिष्ट अतिथी प्रदेश सांसद लोकप्रसाद संग्रौला सहितको उपस्थितिले मोरङ सिडेनको नेतृत्व चयन गरेको हो ।

कार्यक्रममा प्रदेश सांसद लोकप्रसाद संग्रौला, नेपाली काङ्ग्रेस मोरङ जिल्ला उपसभापती शिव नारायण सिहं लगायतका व्यक्तीहरुले मन्तव्य राखेका थिए ।