बेलबारीमा १३ महिने बालक संक्रमित हुँदा आमावुवामा कोरोना देखिएन, बालकलाई होम आइसोलेसनमा राखिने


बेलबारीमा ४ का १३ महिने बालकमा सोमबार कोरोना पुष्टि भएको छ । तर सँगै स्वाव परिक्षण गरिएकोमा उनका आमा र वुवालाई भने कोरोना संक्रमण देखिएन् । संक्रमित व्यक्तिको कन्ट्याक ट्रेसिङमा परेका बेलबारी ४ धरहराका व्यक्तिहरुको कोरोना परिक्षण गरिएको थियो । यस क्रममा सोमबार ती बालक सहित अर्का २२ वर्षिय युवकलाई पनि कोरोना पुष्टि भएको थियो । सँगै परिक्षण गरिएकोमा बालकका आमा वुवामा भने संक्रमण नदेखिएको बेलबारी नगरपालिका स्वास्थ्य शाखाका सन्तोस विश्वकर्माले जानकारी दिनुभएको छ । अहिलेसम्म बालकका हजुरआमा र काकामा भने कोरोना संक्रमण देखिएको विश्वकर्माले जानकारी दिनुभयो । संक्रमित वालकलाई घरमै आइसोलेसनमा राखिने भएको छ । आमाले विशेष सुरक्षा सावधानी अपनाएर हेरचाहको व्यवस्था मिलाइने विश्वकर्माले बताउनुभएको छ । उहाँका अनुसार वालकको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।