बेलबारीमा १३ महिने बालक सहित एकैदिन थप ५ जनामा कोरोना पुष्टि


बेलबारीमा सोमबार एकै दिन थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित हुनेमा बेलबारी ४ धरहराका १३ महिने बालक र सोही ठाउँका २२ वर्षिय पुरुष रहेका छन् । कन्ट्याक ट्रेसिङ मा परेका उनीहरुको गत भदौ १८ गते स्वाव परिक्षणका लागि लगिएको थियो । यस्तै बेलबारी १० स्थित धिरनाथ सम्फुल माविमा रहेको क्वारेन्टिनमा बस्दै आएका ३ पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ । बेलबारी नगरपालिका स्वास्थ्य शाखाका सन्तोस विश्वकर्माका अनुसार क्वारेन्टिनमा रहेका २२,३१ र ३५ वर्षिय पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको हो । उनीहरु ३ जना विदेशबाट आएर क्वारेन्टिनमा बसेका थिए । गत विहिबार बेलबारी ४ धरहराका कन्ट्याक ट्रेसिङमा परेका स्थानिय, क्वारेन्टिनमा रहेका र इलाका प्रहरी कार्यालय बेलबारीका थुनुवा समेत ७४ जनाको पिसिआर परिक्षणका लागि धरानस्थित विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएकोमा त्यसको रिपोर्ट अनुसार ५ जनामा संक्रमण पुष्टि भएको हो ।