मेयर ढकालको ४४ औ जन्मोत्सव: ४४ जनालाई खाधान्न र लताकपडा उपहार

सुन्दरहरैचा । मोरङको सुन्दरहरैचा नगरपालिकाका नगरप्रमुख शिव प्रसाद ढकालले आफ्नो ४४ औ वार्षिक उत्सवको अवसरमा विभिन्न स्थानमा वृक्षारोपण साथै नगर वासीलाई खाधान्न साथै लता कपडा वितरण गरेका छन ।

नगरप्रमुख ढकालले आफै उपस्थित भएर आफ्नो जन्मोत्सव पहिलो पटक नगरवासीको साथमा सामाजिक कार्य गर्दै मनाएका हुन । उनले नगरको वडा नं ९ मा रहेको सिराजुल उलुङ मावीमा गएर अति विपन्न मुस्लिम समुदायका नागरिकलाई लता कपडा फलफुल वितरण गरेका हुन । साथै सो अवसरमा प्रमुख ढकालले वडा नं ९ मै रहेको श्री कृष्ण मन्दिर बाल सेवा आश्रमलाई समेत विभिन्न सामाग्री दिने घोषणा गरेका छन । उनले वडा नं ५ मा रहेको वृन्दावन गौशालामा विभिन्न जातका फलफुलका बिरुवा, खाधान्न साथै डस्ट्बिन हस्तान्तरण गर्नुका साथै उनले आफै बिरुवा समेेत रोपेका थिए ।

आफ्नो ४४ औ जन्मोत्सवमा उनले ४४ जनालाई खाधान्न वितरण गर्नुका साथै ४४ वटा विभिन्न जातका बिरुवा समेत रोपेका थिए । आफ्नो स्वर्गीय ममतामयी माताको सम्झनामा समेत आफ्नो जन्मोत्सवको अवसर पारी सो कार्यक्रम गरेको नगरप्रमुख शिव प्रसाद ढकालले बताए ।