सुन्दरहरैचामा मोटरसाइकल र साइकल दुर्घटना हुदा एक घाइते

सुन्दरहरैचा । मोरङको सुन्दरहरैचा नगरपालिकामा आइतबार सडक दुर्घटना हुदा एक जना घाइते भएका छन । सुन्दरहरैचा नगरपालिका वडा नं ९ स्थित पुर्वपश्चिम लोकमार्गमा आइतबार मोटरसाइकल र साइकल दुर्घटना हुदा साइकलमा सवार एक जना घाइते भएको प्रहरीले जनाएको छ ।

पुर्वबाट पश्चिमतर्फ जादै गरेको को १२ प ८७३ नम्बरको मोटरसाइकलले सोही दिशाबाट जादै गरेको साइकललाई ठक्कर दिदा साइकल यात्री सुन्दरहरैचा नगरपलिका वडा नं ८ बस्ने गिता दाहाल सामन्य घाइते भएको प्रहरीले जनाएको छ ।

घाइते साइकल यात्रीलाई उपचारको लागि विराटनगर स्थित नोबेल अस्पताल पठाइएको प्रहरीले बताएको छ ।