बेलबारीका ३ जना कोरोना संक्रमित व्यक्ती निको भए

बेलबारी । बेलबारी ४ का एकै परिवारका ३ जना कोरोना संक्रमित निको भएका छन् । गत भदौ ९ गते कोरोना संक्रमण पुष्टि भएका उनीहरुको पछिल्लो पटकको पिसिआर परिक्षण रिपोर्ट नेगेटिभ देखिएको बेलबारी नगरपालिका स्वास्थ्य शाखाले जानकारी दिएको छ ।

कोरोनामुक्त भएकाहरु श्रीमान् श्रीमती र उनीहरुका छोरा हुन् । संक्रमण पुष्टि भएपछि उनीहरु बेलबारी नगरपालिकाले बेलबारी २ मा स्थापना गरेको आइसोलेसन वार्डमा बस्दै आएका थिए ।