मोरङबाट लागुऔषध सहित २ जना पक्राउ

सुनवर्सी । मोरङको सुनवर्सी-८ स्थित एरियाबाट नियन्त्रीत लागुऔषध सहित २ जना पक्राउ परेका छन । पक्राउ पर्नेमा सुनवर्सी-४ का १९ बर्षीय सन्जु गनगाई र सुनवर्सी-८ का १८ बर्षीय भीम कुमार मण्डल रहेका छन ।

आज विहान ११ बजे को ४ प ९४६ नम्बरको मोटरसाईकलमा सवार गरी आएका दुबै जनालाइ नियन्त्रणमा लिई चेकजाँच गर्दा उनिहरुको साथबाट ६ बोतल ESKUF र १९० गोटी laborate (VIBEL प्रतिबन्धित औषधी) फेला पारी बरामद गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

पक्राउ परेका दुबै जना उपर  ईलाका प्रहरी कार्यालय रंगेलीबाट थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।