इन्द्रपुर रंगशालाको संरक्षण समितीमा ६ वटा युवा क्लब

सुन्दरहरैचा । मोरङको सुन्दरहरैचा नगरपलिकामा रहेको प्रस्तावित इन्द्रपुर रंगशाला निर्माणमा देखिएको विवाद मिलेको छ । शनिबार उक्त क्षेत्रमा रहेका ६ वटा संघ सस्थाको सयुक्त बैठकले विवाद मिलेको घोषणा गरेको छ ।

केही दिन अघि प्रस्तावित इन्द्रपुर रंगशाला निर्माण गर्न सुन्दरहरैचा नगरपालिकामा रहेको पुरानो युथ क्लब सगरमाथा युथ क्लबले संरक्षण समिती आफुलाई दाबी गर्दै खेल मैदानमा बोर्ड राखेपछी विवाद उत्पन्न भएको थियो । क्लबले एकलौटी रुपमा बोर्ड राखे पछि केही संघ सस्थाको आपती सग सगै उत्पन्न भएको विवादलाई क्लबले शनिबार सर्वपक्षिय भेलाको आयोजना गरि उत्पन्न विवादलाई समाप्त गरेको सगरमाथा युथ क्लबका अध्यक्ष रोशन कट्टेलले बताए ।

क्लबले बोर्ड राखेपछी सुन्दरहरैचा नगरपालिकामै रहेको एकता युवा क्लबका केही युवाले उक्त बोर्डलाई उखालेर भाचेको विषयमा समेत ६ वटा संघ सस्थल्ले हस्ताक्षर गरि आपती जनाएका छन । एकता युवा क्लबलाई पटक पटक छलफल गर्न आउन आग्रह गर्दा समेत वेवस्ता गरि समजमा उछृंखल गतिविधी गरेको विषय प्रती आपती जनाएको कट्टेलले बताए । रंगशाला सबैको हो सबैको अपनत्व हुनुपर्छ तर यस्तो अमानविय गतिविधिले समाज भड्किने सम्भावना हुन्छ क्लबले सच्चिनु आवश्यक छ कट्टेलले बताए ।

शनिबार बसेको ६ वटा क्लबले सगरमाथा युथ क्लबलाई संरक्षण गर्ने सयोजकत्व तोकेर अन्य क्लबलाई संरक्षण समितिको सदस्य बनेर प्रस्तावित इन्द्रपुर रंगशाला को अन्य गतिविधिलाई अघि बढाउने निर्णय गरेको छ ।

६ वटा युथ क्लबमा सगरमाथा युथ क्लब, नेपाल मुस्लिम यिवा समूह, न्यु सृजना युवा क्लब, झरना युथ क्लब, युथ आई नेपाल, ज्योती युवा क्लब सरक्षण समितीमा रहेका छन । बैठकबाट एकता युवा क्लबले एकलौटी रुपमा बैठक भाड्ने कार्य गरेको समेत आरोप युवा क्लबहरुले लगाएका छन ।

सुन्दरहरैचा नगरपालिकाको गौरवको आयोजनाको रुपमा रहेको यस रंगशालाको निर्माण कार्यलाई समेत अगाडि बढाउन सम्बन्धित निकायको ध्यानाकर्षण गराउने बैठकबाट निर्णय भएको छ ।