सप्तकोशीमा युवतीको नग्न शव फेला

इटहरी । सुनसरीको बराहक्षेत्र नगरपालिका–९ स्थित सप्तकोशी नदीमा एक युवतीको नग्न शव भेटिएको छ ।

शनिबार अन्दाजी १८(२० वर्ष उमेरको मंगोलियन जस्तो अनुहार भएकी युवतीको शव बराहक्षेत्र–९ को धरहरा टपन स्थित नदीमा फेला परेको हो ।

शरिरमा कपडा नलगाएको, अन्दाजी ५ फिट उचाई भएको र कानमा सुन जस्तो धातुको कुण्डल लगाएको शव भेटिएपनि नाम, ठेगाना खुल्न नसक्दा सनाखत हुन नसकेको ईलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरीक्षक पाण्डव राजवंशीले बताए ।