इटहरीमा एक पत्रकार सहित ८ जनामा कोरोना पुष्टि

इटहरी । इटहरी उपमहानगरपालिकामा एक पत्रकार सहित ८ जनामा कोरोना पुष्टि भएको छ ।

उपमहानगरपालिकाको स्वास्थ्य शाखाका अनुसार संक्रमण पुष्टी हुनेमा इटहरी वडा नं ६ का ४० वर्षिय एक पुरुष, इटहरी वडा नं ९ का २९ वर्षिय एक महिला , इटहरी वडा नं १३ का ४१ वर्षिय एक पुरुष , शसस्त्र प्रहरी वल पकली का ३ जना-२९,३० र ३९ वर्षिय पुरुष, २४ वर्षिय एक जना पुरुष पत्रकार र कोशी अस्पतालमा जाच गरेका इटहरी १७ का १ जना ४५ वर्षिय महिला रहेका छन ।

यो संगै इटहरी उपमहानगरपालिकामा कोरोना संक्रमण पुष्टि हुनेको संख्या २३१ जना पुगेको छ ।