सुन्दरहरैंचामा बुहारी संयुक्त आवाजको कार्यक्रम सम्पन्न

सुन्दरहरैंचा । सुन्दरहरैंचा स्थित काली मन्दिरमा मेचि महाकाली बुहारी संयुक्त आवाज माेरङ शाखाकाे आयोजनामा प्रथम बार्षिक साधारण सभा सम्पन्न भएको छ ।

साधारण सभाकाे कार्यक्रममा प्रमुख अतिथि सुन्दरहरैंचा नगरपालिका उपप्रमुख धनमाया तामाङ रहेकी थिईन । उनले कार्यक्रमकाे सम्बाेधन गर्दै
मेचि महाकाली बुहारी संयुक्त आवाजको कार्यक्रम महत्त्वपूर्ण भएकोले महिला दिदि बहिनीहरुकाे समाजमा महत्त्वपूर्ण भूमिका भएको उल्लेख गरिन ।

प्रथम बार्षिक साधारण सभाकाे अवसरमा संस्थाले विराटचाेकमा संचालन भएको फुड बैकलाई सहयाेग गरेकाे तथा कार्यक्रममा संस्थाकी संयाेजक यमु शर्मा सुब्बाकाे जन्म दिन परेकाेले केक काटेर जन्माेत्सव समेत मनाइएकाे संस्थाकी सचिव सुसिला लुइँटेल ढकालले बताइन् । कार्यक्रममा विशिष्ट अतिथि भगवती पाैडेल तथा प्रहरी इन्चाज विनाेद प्रधान रहेका थिए । कार्यक्रम संस्थाका संयाेजक उमा सेडाईकाे सभापतित्वमा सम्पन्न भएको थियाे ।




Leave a Reply

Your email address will not be published.