बेलबारीमा मोटरसाइकल दुर्घटना हुदा दुई घाइते

बेलबारी । मोरङको बेलबारी नगरपालिकामा बिहिबार सडक दुर्घटना हुदा दुई जना घाइते भएका छन । बेलबारी नगरपालिका वडा नं ११ स्थित पुर्वपश्चिम लोकमार्गमा बिहिबार सडक दुर्घटना हुदा मोटरसाइकलमा सवार दुई जना घाइते भएको प्रहरीले जनाएको छ ।

पुर्वबाट पश्चिमतर्फ आउदै गरेको को ३८ प ३६६७ नम्बरको मोटरसाइकल अनियन्त्रित हुदा सोही मोटरसाइकल चालक दुहबी ९ बस्ने वर्ष २६ को मो. समिम र सोही मोटरसाइकल पछाडी बस्ने सप्तरी स्थित राजविराज १६ बस्ने वर्ष २३ को अशोक शर्मा सामान्य घाइते भएको प्रहरीले बताएको छ ।

घाइते दुई जनालाई उपचारको लागि विराटनगर स्थित नोबेल अस्पताल पठाइएको प्रहरीले बताएको छ ।