कोरोनाका कारण यसवर्षको लक्ष्मीमार्ग गोल्डकप स्थगित


डाँगीहाट युथ क्लबले हरेक वर्ष लक्ष्मीमार्गमा आयोजना गर्दै आएको अन्तराष्ट्रिय आमन्त्रण लक्ष्मीमार्ग गोल्डकप यव वर्ष नहुने भएको छ । कोरोना संक्रमण महामारीको जोखिम बढ्दै गरेको र सरकारले समेत मानिस धेरै जम्मा हुने खेलकुद जस्ता क्रियाकलापलाई रोक लगाएको अवस्थालाई ध्यानमा राखेर गोल्डकप स्थगित गरिएको क्लबले जनाएको छ । क्लबले बुधबार एक सुचना प्रकासित गर्दै भदौमा आयोजना हुँदै आएको गोल्डकप स्थगित गरेको जानकारी गराएको हो । क्लबका अध्यक्ष विक्रम राई र सचिव ज्ञानुराज राईद्धाराद्धारा हस्ताक्षरित सुचना जारी गरेर गोल्डकप स्थगित भएको क्लबले जानकारी दिएको हो ।