बेलबारी ४ यलम्बर चौकमा फुड बैंक

मोरङको बेलबारी ४ यलम्बर चौकमा फुड बैंक सन्चालनमा आएको छ । यलम्बर काकुम युवा समुहले कोरोनाको महामारीका बिच बिपन्नलाई बितरण गर्नका लागि फुड बैंक सन्चालन गरेको हो ।

प्रति व्यक्ति १० केजी चामल, आधा लिटर तेल, नुहाउने साबुन १ डल्ला, नुन १ केजी, २०० ग्राम न्युटोला बितरण गरिने समुहका चन्द्र लिम्बुले जानकारी दिए । हुनेले दिने नहुनेले लाने भन्ने अभियानका साथमा उक्त फुड बैंक सन्चालनमा ल्याइएको लिम्बुले जानकारी दिए ।
यो कार्यक्रमबाट बुधबार ४० जनाले खाद्यान्न लगेको र बिहिबार पनि फुड बैंक सन्चालन हुने समुहले जनाएको छ ।