नेपालमा २३ हजार कोरोना संक्रमित निको भए, २ सय ५१ को ज्यान गयो


नेपालभर अहिलेसम्म कोरोना लागेका २३ हजार २ सय ९० जना निको भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा देशभरबाट १ हजार १ सय १२ जना कोरोना संक्रमित निको भएका छन् । यो सँगै कोरोना निको हुनेको संख्या २३ हजार २९० पुगेको हो । त्यस्तै कोरोनाबाट अहिलेसम्म नेपालमा २ सय ५१ जनाको ज्यान गएको छ । पछिल्लो २४ घन्टामा कोरोनाका कारण १२ जनाको निधन भएको स्वास्थ्य तथा जनसंख्यामन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले जानकारी दिनुभएको छ । पछिल्लो २४ घन्टामा देशभर १ हजार १२० नयाँ संक्रमित थपिएका छन् । नेपालमा कुल संक्रमितको संख्या ४१ हजार ६ सय ४९ पुगेको छ ।

Spread the love
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •