बेलबारीमा स्वास्थ्य सुरक्षा मापदण्ड अनिवार्य,लकडाउनमा राति ९ बजेदेखि हिँड्न नपाईने


समुदायमै कोरोना संक्रमण फैलिहेका बेला बेलबारी नगरपालिकाले लकडाउनलाई व्यवस्थित गर्दै कोभिड १९ विरुद्धका सुरक्षा मापदण्ड अनिवार्य पालना गराउने निर्णय गरेको छ । नगरपालिकाले कोभिड १९ विरुद्धका सुरक्षा मापदण्डहरु व्यक्ति व्यक्ति विचको दुरी २ मिटर वा ६ फिट अनिवार्य कायम गर्ने,मास्कको अनिवार्य र सही प्रयोग गर्ने, साबुनपानीले बारम्बार हात धुने र सेनीटाइजर प्रयोग गर्ने कुरालाई सर्वसाधारणको दैनिकीमा अनिवार्य गराउने भएको हो । कोभिड १९ रोकथाम तथा नियन्त्रण समन्वय समिति बेलबारीको मंगलबार बसेको बैठकले राति ९ बजेदेखि विहान ५ बजेसम्म अति आवश्यक कामबाहेक वाहिर हिँडडुल गर्न पनि रोक लगाउने निर्णय गरेको छ । नगरपालिकाले बैंक तथा वित्तिय संस्था र सरकारी कार्यालयमा पनि अनिवार्य रुपमा सुरक्षा मापदण्ड पालना गर्नुपर्ने निर्णय गरेको हो । होटल व्यवसायीहरुले प्याकिङ सहितको होम डेलीभरी गर्न पाउने भएपनि भिडभाड हुने गरी होटल सञ्चालनमा पनि रोक लगाएको छ । यातायातका साधन,साप्ताहिक हाटबजार पुर्णरुपमा बन्द गर्ने निर्णय भएको छ । सभा समारोह,मेला,भोजभतेर,जिमखाना,कवर्डहल,व्युटीपार्लर,सिनेमाहल,मनोरञ्जन स्थलबाहेकका अन्य व्यवसाय सञ्चालनमा अनिवार्य रुपमा कोभिड १९ विरुद्धका सुरक्षा मापदण्ड पालना गरी गराई सञ्चालन गर्नदिने नगरपालिको निर्णय रहेको छ । बेलबारीमा अहिले समुदायस्तरमै कोरोना संक्रमण फैँलदै गएको छ । मंगलबारमात्रै पनि समुदायका ३ व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको छ ।

No photo description available.