बेलबारी झडप: हत्या आंशंकामा पाच जना पक्राउ

बेलबारी । मोरङको बेलबारी नगरपालिका–५ कसेनी स्थित लोहन्द्रा पुलमा शुक्रबार दिउँसो दुई पक्षबीच भएको झडपमा संलग्नलाई प्रहरीले पक्राउ गरेको छ दुई पक्षिय झडपमा परेर एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् । ‘ग्याङ फाइट’मा परेर ४० वर्षीय चन्द्रकुमार राईको मृत्यु भएको थियो ।

घटनामा संलग्न पाच जनालाई प्रहरीले शनिबार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । पक्राउ पर्नेमा ग्रामथान ६ बस्ने वर्ष ३२ का विरेन्द्र कुमार खां, बेलबारी ६ बस्ने वर्ष ३८ का विशाल कुमार खवास गच्छदार, बेलबारी ५ बस्ने वर्ष ३१ को राजेन भन्ने राजिन्द्र राई ( थुलुङ ), ग्रामथ्न ६ बस्ने वर्ष ३१ को दिपेन्द्र चौधरी र बेलबारी ५ बस्ने वर्ष ३४ को जितेन्द्र खवास रहेको मोरङ प्रहरीले जनाएको छ ।