सुन्दरहरैचा फुड बैक: तेस्रो दिन सम्म १०० भन्दा बढी लाभान्वित

सुन्दरहरैचा । मोरङको सुन्दरहरैचामा सञ्चालन गरिएको फुड बैकबाट लाभान्वित हुनेको संख्या १०० जना भन्दा बढी पुगेको छ । शुक्रबारबाट सञ्चालन गरिएको फुड बैकमा पहिलो दिन ४५ , दोश्रो दिन ७० र तेस्रो दिन ८५ जनालाई राहत सामाग्री वितरण गरिसकेको फुड बैकका संयोजन युवा समाजसेवी तथा नेपाल तरुण दलका नेता राजिव रिमालले बताए ।

रिमालका अनुसार फुड बैकबाट सुन्दरहरैचा नगरपालिकामा बसोबास गर्ने अति विपन्न परिवारले मात्र हैन हामी सग सम्पर्कमा आउने सडकमा यात्रा गर्दै अभर परेका यात्रुहरुले समेत खाद्यान्न सामाग्री लगेको बताए । रिमालका अनुसार पछिल्लो समय विभिन्न संघ सस्थाले वितरण गर्ने राहत सामाग्री भन्दा यस्तो कार्यक्रम प्रभावकारी भएको बताए ।

सुन्दरहरैचाका केही युवा मिलेर सञ्चालनमा ल्याएको फुड बैक अहिले नगरका विभिन्न स्थानबाट अति विपन्न परिवारले आफू सग सम्पर्क गरिरहेको रिनालले बताए । उनका अनुसार पहिलो चोटि यस्तो खालको कार्यक्रम नगरमा आएको कारण केही चुनौती छ तर ती चुनौतीहरुलाई पार गर्दै नगर भरीका विभिन्न स्थानमा यो कार्यक्राअ केही दिनमै लजाने र नगर भरी समस्यामा परेका अति विपन्न परिवार समक्ष खाद्यान्न पुर्याउन लागिएको छ ।

कोरोनाको कारण भन्दा पनि भोकमारीले अब मानिसको मृत्यु हुन सक्ने भन्दै फ्रन्ट लाइनमै उभिएर आफुले यो कार्यक्रम ल्याउन बाध्य भएको रिमालले बताए ।