बेलबारीकी १ महिला सहित प्रदेश १ मा कोरोनाबाट ज्यान गुमाउनेको संख्या २७


कोरोना संक्रमणका कारण बेलबारीकी १ महिला सहित प्रदेश १ मा थप ३ जनाको मृत्यु भएको छ ।प्रदेश १ मा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २७ पुगेको छ । बेलबारी ५ की १ महिला सहित झापाको दमकका एक पुरुष र सिराहा लहानकी एक महिलाको आज मृत्यु भएको प्रदेश १ सामाजिक विकास मन्त्रालयले जानकारी दिएको छ । यो सहित प्रदेश १ मा मृत्यु हुनेको संख्या २७ पुगेको हो । मृत्यु हुने २७ मध्ये प्रदेश १ स्थायी ठेगाना भएका २० र अन्य ७ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।